Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

छुटे एन्फा उपाध्यक्ष दावा लामा

छुटे एन्फा उपाध्यक्ष दावा लामा


  • 2.2K
    Shares

    छुटे एन्फा उपाध्यक्ष दावा लामा
    images

    लागुऔषध कसुरमा पक्राउ परेका एन्फा उपाध्यक्ष दावा लामा छुटेका छन् । बुधबार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पेप्सीकोला क्षेत्रबाट पक्राउ गरेको थियो । 

    बिहीबार उनलाई प्रहरीले उच्च अदालत पाटनमा पेस गरेको थियो । उच्च अदालतमा लामाले आफूलाई पक्राउ नगरी थुनामा राख्नू भन्ने सर्वोच्च अदालतको आदेश देखाएका थिए । त्यसपछि उनी छुटेका हुन् । 

    खैरो हेरोइन कारोबार मुद्दामा उनलाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । तर, लामा उच्चको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । सर्वोच्चले उनलाई पक्राउ नगरी तारेखमा राख्न आदेश दिएको थियो । प्रहरीले भने उनी फरार रहेको भन्दै पक्राउ गरेको थियो । 

    प्रकाशित मिति :बैशाख ६ २०८१ बिहिवार - १२:०३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij