Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...


  • 3.7K
    Shares

    ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
    images

    ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ ।

    उनले मृत्यु भएका ती व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एरिका डिसुजा नुनेस नामकी महिलाले शवलाई अंकल भनेकी छन् । प्रहरीले एरिकालाई पक्राउ गरेको छ । घटना ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको हो ।

    अप्रिल १६ एरिका ह्वीलचेयरमा एक वृद्ध व्यक्तिसँग बैंक पुगिन् । बूढो मानिसको अवस्था राम्रो देखिएन, र उनको टाउको लगातार कुर्सीमा झुकेको थियो । महिला बारम्बार आफ्नो हातले आफ्नो टाउको सीधा गर्न खोज्दै गरेको देखिएको छ ।

    यसपछि एरिकाले वृद्धको हातमा कलम राख्ने प्रयास गरिन् । उनले बारम्बार कागजमा हस्ताक्षर गर्न आग्रह गरिरहेकी थिइन् । सेक्युरिटी क्यामेरामा रेकर्ड भएको भिडियो अनुसार एरिका भन्छिन्, ‘अंकल, तपाईंले सुनिरहनु भएको छ । तपाईंले कागजमा हस्ताक्षर गर्नुपर्छ । नत्र हामीले ऋण पाउन सक्नेछैनौं । म तपाईंको ठाउँमा हस्ताक्षर गर्न सक्दिनँ ।’

    ती महिलाले थप भनिन्, ‘अंकल, कृपया कागजातमा हस्ताक्षर गर्नुहोस् ताकि हामीले थप कष्ट भोग्नु पर्दैन । हामी यो अब सहन सक्दैनौं ।’ वृद्धको कुनै प्रतिक्रिया नआएपछि बैंकका कर्मचारीलाई शंका गरेको बताइएको छ । त्यसपछि उनीहरुले ती व्यक्तिलाई लैजान आग्रह गरेका थिए । बैंकका कर्मचारीको आग्रह ति महिलाले नमानेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।

    घटनाको अनुसन्धानपछि प्रहरीले वृद्धलाई मृत घोषणा गरी एरिकालाई पक्राउ गरेको थियो । शवलाई शव गृहमा पठाइएको छ । प्रहरीले वृद्धको मृत्यु केही घण्टा अघि नै भएको थियो र एरिकालाई यो पहिले नै थाहा भएको बताएको छ ।

    प्रहरीका अनुसार एरिका मृतकको शव लिएर बैंक पुगेकी थिइन्, जसले गर्दा त्यहाँका अधिकारीले वृद्धको कमजोर अवस्थालाई ध्यानमा राखेर छिटो ऋण स्वीकृत गरून् । तर, एरिकाका वकिलले वृद्धको मृत्यु बैंकमै भएको दाबी गरेकी छन् । 

    अहिले प्रहरीले एरिका र ती पुरुषको सम्बन्ध बारे अनुसन्धान गरिरहेको जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ६ २०८१ बिहिवार - ११:५६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij