Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

राजनीति

कांग्रेस सभापति देउवा र नेकपा (एस)का अध्यक्ष नेपालबीच भेटवार्ता, सत्ता समीकरणमा फेरबदल आउँला ?

कांग्रेस सभापति देउवा र नेकपा (एस)का अध्यक्ष नेपालबीच भेटवार्ता, सत्ता समीकरणमा फेरबदल आउँला ?


  • 4.8K
    Shares

    कांग्रेस सभापति देउवा र नेकपा (एस)का अध्यक्ष नेपालबीच भेटवार्ता, सत्ता समीकरणमा फेरबदल आउँला ?
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तापक्षी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

    हिजो (बुधबार) काठमाडौं गोल्फुटारस्थित एक कांग्रेस नेताको घरमा बेलुका देउवा र नेपालबीच भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीचको भेटघाटलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ भने सत्ता समीकरणमा तरंग ल्याएको छ । 

    सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ । एमालेले अस्वीकार गरेपनि एकीकृत समाजवादीको बुधबार बसेको सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडी सार्ने निर्णय गरेको छ ।

    भेटमा वैकल्पिक गठबन्धन बनाउने बिषयमा खुलेर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार वैकल्पिक गठबन्धन बनाएर पहिला प्रदेशका सरकारहरु बनाउने विषयमा छलफल भएको छ । 

    कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा बागमती, सुदूरपश्चिम र मधेश प्रदेशमा सरकार बनाउन सकिने विषयमा समेत छलफल भएको बताइएको छ । 

    त्यस्तै एकीकृत समाजवादीले अहिलेको सत्ता समीकरण छोडेमा जसपालाई पनि बाहिर ल्याउन सकिने आकलन गरिएको छ । मधेस प्रदेशको सरकार संकटमा पर्ने वित्तिकै जसपाले केन्द्रको समीकरण छोड्ने विश्लेषण गरिएको छ ।

    नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक धोका दिएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफु तयार भएको देउवालाई विश्वस्त पारेको स्रोतले बताएको छ ।

    एकीकृत समाजवादीले मात्र समीकरण छोड्दैमा केन्द्रमा असर नपरे पनि जसपाले समेत छोडेमा भने प्रचण्ड सरकार अल्पमतमा पर्ने देखिन्छ । देउवाले पनि पहिला एकीकृत समाजवादीलाई तयार गरेर जसपासँग कुरा गर्ने रणनीतिमा रहेको बुझिएको छ । यसका लागि देउवा र अध्यक्ष उपेन्द्र यादव आन्तरिक संवादमा रहेको स्रोत बताउँछ । 

    प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ । प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । पछिल्लो पटक फागुन ३० गते विश्वासको मत पाउदा प्रचण्डले १५७ मत पाएका थिए । त्यस आधारमा २२ मत कम हुदा उनी १३५ मतसहित अल्पमतमा पर्ने छन् । 

    प्रकाशित मिति :बैशाख ६ २०८१ बिहिवार - ०९:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij