Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

राजनीति

संसदीय निर्वाचनविरुद्ध उभिएको नेकपाले २०८४ को चुनावमा भाग लिने 

संसदीय निर्वाचनविरुद्ध उभिएको नेकपाले २०८४ को चुनावमा भाग लिने 


  • 3.3K
    Shares

    संसदीय निर्वाचनविरुद्ध उभिएको नेकपाले २०८४ को चुनावमा भाग लिने 
    images

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०८४ को निर्वाचनमा भाग लिने संकेत गरेको छ । आज (बुधबार)देखि कपिलवस्तुको शिवगढीमा जारी पार्टी केन्द्रीय समितिको बैठकमा निर्वाचनमा जानेबारे छलफल भइरहेको छ । 

    उक्त छलफलमा बोल्दै विप्लवले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि क्रान्तिकै मोर्चाको एक हिस्सा हुने संकेत गरेका छन्  ।

    ‘चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिष्ट आन्दोलनको पुरानो चलन थियो । अब त्यसले काम गर्दैन । चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा हुने भएकोले २०८४ मा चुनावलाई हामीले त्यसरी नै लिनुपर्छ,’ महासचिव विप्लवले भने ।  

    २०७९ को निर्वाचनमा नेकपाले स्थानीय तहमा आफ्ना उम्मेदवारहरू परोक्ष रूपमा अगाडि सारेको थियो । तर, २०७४ को निर्वाचनमा भाग नलिए पनि त्यसभन्दा अघिको निर्वाचनमा नेकपाले निर्वाचन सामाग्री तोडफोड, मतदाता आवागमनमा रोक लगाएकोक थियो । नेकपा संसदीय निर्वाचन प्रणाली उचित नभएको भन्दै तत्कालीन नेकपा (माओवादी)बाट विद्रोह गरेर अलगिएको थियो । 

    प्रकाशित मिति :बैशाख ५ २०८१ बुधवार - १५:०३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij