Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

चुनावको मुखैमा माओवादीले गरे भारतीय जनता पार्टीको नेताको हत्या

चुनावको मुखैमा माओवादीले गरे भारतीय जनता पार्टीको नेताको हत्या


  • 3.7K
    Shares

    चुनावको मुखैमा माओवादीले गरे भारतीय जनता पार्टीको नेताको हत्या
    images

    भारतीय राज्य छत्तीसगढको बस्तरमा भारतीय माओवादीहरूले भाजपा नेताको हत्या गरेका छन् । छत्तीसगढ यही अप्रिल १९ मा लोकसभा चुनावका लागि मतदान हुँदैछ । 

    प्रहरीका अनुसार नारायणपुरको फरासगाउँ निवासी पञ्चमदास माणिकपुरीको गएराति माओवादीले हत्या गरेका हुन् । ढोका तोडेर भित्र पसेका उनीहरूले बञ्चरो प्रहार गरी माणिकपुरीको घटनास्थलमै हत्या गरेको प्रहरीले जनाएको छ । 

    मंगलबार नै सुरक्षा बलले छत्तीसगढकै काङ्केरमा भएको भिडन्तमा २९ माओवादी मारिएको दाबी गरेको थियो । 

    पञ्चम दास माणिकपुरी प्रहरीको गोप्य सिपाहीका रूपमा कार्यरत रहेकाले जनमुक्ति छापामार सेनाले मारेको आरोप लगाउँदै संदिग्ध माओवादीहरूले घटनास्थलमा पर्चा फालेका छन् । 

    बस्तरमा गत वर्ष माओवादीले भारतीय जनता पार्टीका आठ नेताको हत्या गरेको बीबीसी हिन्दीले जनाएको छ । 

    चुनावका बेला माओवादीको आक्रमण बढ्छ । गत लोकसभा चुनावका क्रममा बस्तरमा प्रचार गर्न गएका भाजपा विधायक भीमा माण्डवी र उनका सहकर्मीको माओवादीहरूले हत्या गरेका थिए । 

    प्रकाशित मिति :बैशाख ५ २०८१ बुधवार - १४:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij