Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ जनाको मृत्यु

गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ जनाको मृत्यु


  • 2.5K
    Shares

    गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ जनाको मृत्यु
    images

    गाजासिटी (इजरायल) । मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा सहिद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

    प्रत्यक्षर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि धेरै मानिस भुइँमा लडिरहेको देखाएका थिए । यसैगरी धेरै मानिस आतंकित भएर वरिपरि दौडिदै चिच्याइरहेका छन् र शवको व्यवस्थापन गर्न लागिरहेका देखिन्छन् । सीएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउँदै आक्रमणपछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका बताए । 

    अल–अक्सा सहिद अस्पतालबाट सीएनएनबाट खिचिएको फुटेजमा आकस्मिक कक्ष हताहत र घाइते व्यक्तिहरूले भरिएकोे देखिन्छ । सीएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शवनजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए । अस्पतालकोे भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ । “कसैसँग कुनै सम्बन्ध छैन, उनीहरू नागरिक हुन् कृपा गर तिमीहरूले बच्चाहरूलाई मार्दैछाँै, सेना वा लडाकुलाई नभई सडकमा शान्तिपूर्वक खेलिरहेका बालबालिकाहरूलाई मार्दैछौँ,” अर्का प्रत्यक्षदर्शीले भने । 

    अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पीडा सहन नसकी कराउँदै दुखका साथ दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेका थिए । इजरायल र हमासबीच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मंगलबार प्रकाशित युएन वुमनको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा युद्धको ६ महिनामा गाजामा १० हजार प्यालेस्टिनी महिला मारिएकामध्ये अनुमानित ६ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएको सिएनएनले जनाएको छ । 

    प्रतिवेदनका अनुसार द्वन्द्वका कारण गाजा पट्टीमा दस लाख भन्दा बढी प्यालेस्टिनी महिला तथा बालबालिका  खाना, पिउने पानी नभएका कारण ‘विनाशकारी भोकमरी’ को सामना गरिरहेका छन्, जसले  उनीहरुको जीवनलाई  थप जोखिममा पार्ने खतरा सिर्जना गरेको छ । उनीहरूले शौचालयको  पहुँचसमेत पाएका छैनन् । गाँजामा पछिल्लो समयमा  प्रत्येक १० मिनेटमा एक बच्चा घाइते वा मृत्यु हुन्छ । यसैबीच इजरायली रक्षा बलले गाजामा नागरिकहरूको क्षति कम गर्ने प्रयास गरिरहेको बताएको छ । रासस/एएनआई

    प्रकाशित मिति :बैशाख ५ २०८१ बुधवार - १२:५४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij