Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन बढ्यो २ हजार ६ सय

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन बढ्यो २ हजार ६ सय


  • 3.6K
    Shares

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन बढ्यो २ हजार ६ सय

    काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो ।

    बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।

    फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८० बिहिवार - ११:१३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij