२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । तीन दिन स्थिर रहेको सुनको मूल्य आज बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको छ । हिजो (बुधबार) तोलाको ८६ हजार ९०० मा स्थिर रहेको थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि बढेर ८६ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij