२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौँ । भोजपुरी फिल्म उद्योगका चार चर्चित कलाकारले सडक दुर्घटनामा एकै पटक ज्यान भोजपुरी फिल्मका चार चर्चित स्टारले एकै पटक सडक दुर्घटनामा ज्यान गुमाएका छन्।
भारतको बिहार राज्यस्थित कैमुरमा भएको एक डरलाग्दो सडक दुर्घटनामा भोजपुरी फिल्म जगतले चर्चित कलाकार गुमाएको हो।
ज्यान गुमाउनेहरूमा भोजपुरीका चर्चित गायक तथा अभिनेता पुण्यश्लोक पाण्डेय 'छोटु पाण्डेय', मोडल तथा अभिनेत्री सिमरन श्रीवास्तव र आँचल तिवारी, गीतकार सत्य प्रकाश मिश्रा 'बैरागी बाबा'सहित नौजना छन्।
भीषण सडक दुर्घटनाका कारण अहिले भोजपुरी फिल्म जगत शोकमा डुबेको छ। बिहारका मुख्यमन्त्री नीतिश कुमारले यस घटनाबारेमा दु:ख प्रकट गरेका छन्। समाचार अनुसार आइतबार छोटु पाण्डेय स्कार्पियोबाट आफ्नो पूरै टीमसहित एक कार्यक्रममा भाग लिन उत्तर प्रदेश गइरहेका थिए।
त्यसक्रममा बिहारको कैमुर जिल्लास्थित मोहनिया थाना क्षेत्रको एनएच २ स्थित देवकलीनजिकै अचानक एक मोटरसाइकल स्कार्पियोसामु आइपुग्यो।
मोटरसाइकललाई जोगाउने क्रममा स्कापियो अनियन्त्रित भएर एनएच सडकमै बजारियो। जब स्कार्पियोमा सवार उनीहरू बाहिर निक्लन खोज्दै थिए, त्यहीबेला पछाडिबाट आएको एउटा कन्टेनरले उनीहरूलाई ठक्कर दियो।
दुर्घटना यति ठूलो थियो कि स्कार्पियो टुक्रा टुक्रा भएको छ। केही बेरमै उक्त घटनास्थलमै आठजनाको ज्यान गयो। उक्त दुर्घटनाका क्रममा मोटरसाइकलमा सवार व्यक्तिको पनि ज्यान गएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij