Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

घोडा चोरेर तेस्रो तलाको अपार्टमेन्टमा लुकाउन खोजेपछि‍‍...

घोडा चोरेर तेस्रो तलाको अपार्टमेन्टमा लुकाउन खोजेपछि‍‍...


  • 5.5K
    Shares

    घोडा चोरेर तेस्रो तलाको अपार्टमेन्टमा लुकाउन खोजेपछि‍‍...
    images

    पोल्यान्ड । हामीले दिनहुँ अचम्म अचम्मको चोरीका घटनाहरूबारे सुनिरहेका छौँ । पोल्यान्डमा एक जना १९ वर्षीय पुरुषले घोडा चोरे । चोरेको घोडा कहाँ लुकाउनु ? मालिकले देखे भने लगिहाल्छन् नि भनेर आफू बस्दै आएका आवासीय भवनको तेस्रो तलास्थित अपार्टमेन्टमा लुकाउन खोजे ।

    अपार्टमेन्टको माथिल्लो तलामा एक युवकले घोडालाई लैजान खोजे पछि उक्त भवनमा हल्ला खल्ला मच्चियो । एक जनाले त प्रहरीलाई आकस्मिक फोन नै गरिदिए । सुरुमा त्यस भवनका बासिन्दाहरूले यो एउटा प्र्याङ्क होला भन्ने सोचेका थिए । तर मामिला गम्भीर थियो । वयस्क घोडालाई जर्बजस्ती ती युवक भर्याङ्ग उकाल्दै थिए ।

    यो घटनाको छानबिन गर्न प्रहरीले मन नलागी नलागी एउटा टोली पठाइदियो । घटनास्थलमा पुग्दा आफूलाई रोक्न खोजिरहेका छिमेकीहरूसँग ती युवक रिसाइरहेको भेटियो । छानबिनका क्रममा ती युवकले घोडा चोरेर लुकाउन ल्याएको पाइयो । युवकको अपार्टमेन्ट २ बेडरुमको थियो । त्यस्तो ठाउँमा घोडा कसरी राख्छु भन्ने सोचेको होला ?

    घोडाको मूल्य ३ हजार ८०० डलर (५ लाख नेपाली रुपैयाँ) आसपास भएको प्रहरीको अनुमान छ । प्रहरीहरूले घोडा त्यसकै मालिकलाई जिम्मा लगाइदिएका थिए । घोडा चोरेर अपार्टमेन्टमा लुकाउन खोज्ने ‘जिनियस’माथि चोरीको अभियोग लगाइएको छ । उनले ५ वर्षसम्मको जेल सजाय पाउनेछन् । एजेन्सी

     

    प्रकाशित मिति :फाल्गुण १५ २०८० मंगलवार - ११:०३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij