Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

क्रिकेटरको नयाँ ग्रेडिङ सार्वजनिक, मासिक तलब १ लाखसम्म

क्रिकेटरको नयाँ ग्रेडिङ सार्वजनिक, मासिक तलब १ लाखसम्म


  • 5.0K
    Shares

    • images
    क्रिकेटरको नयाँ ग्रेडिङ सार्वजनिक, मासिक तलब १ लाखसम्म
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला र पुरुष क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब निर्धारण गरेको छ ।

    क्यानको सोमबार बसेको बैठकले महिलातर्फ १९ खेलाडी र पुरुषतर्फ ३० खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको छ । नयाँ तलबअनुसार पुरुषतर्फ ‘ए’ ग्रेड का ६ खेलाडीले मासिक १ लाख रुपैयाँ, ‘बी’ ग्रेडका खेलाडीले ७० हजार, ‘सी’ ग्रेडका खेलाडीले ५५ हजार, ‘डी’ ग्रेडका खेलाडीले ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ पाउनेछन् ।

    महिलातर्फ ग्रेड ‘ए’मा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छिन् भने ‘बी’ले ३५ हजार, ‘सी’ले ३० हजार, ‘डी’ले २५ हजार र इमर्जिङ क्याटगरीमा परेका क्रिकेटरले मासिक २० हजार तलब पाउने छन् ।

    पुरुष

    ग्रेड ‘ए’ – रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल

    ग्रेड ‘बी’ – कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी, अभिनाश बोहोरा

    ग्रेड ‘सी’ – विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी

    ग्रेड ‘डी’ – पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ

    इमर्जिङ क्याटगोरी – दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी

    महिला

    ग्रेड ‘ए’ – इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर

    ग्रेड ‘बी’ – कविता कुँवर

    ग्रेड ‘सी’ – पुजा महतो, अश्मिना कर्मचार्य

    ग्रेड ‘डी’ – अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ, विन्दु रावल

    इमर्जीङ – सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का, सना प्रविन

    प्रकाशित मिति :फाल्गुण १४ २०८० सोमवार - १५:१७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij