Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि आफ्नै पत्नीलाई सामूहिक बलात्कार गराउने पति पक्राउ

बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि आफ्नै पत्नीलाई सामूहिक बलात्कार गराउने पति पक्राउ


  • 3.5K
    Shares

    बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि आफ्नै पत्नीलाई सामूहिक बलात्कार गराउने पति पक्राउ
    images

    काठमाडौँ । पति–पत्नीको सम्बन्ध पवित्र मानिन्छ तर यो सम्बन्धलाई नै कलङ्कित तुल्याएको एउटा घटना प्रकाशमा आएको छ । घटना भारतको मध्यप्रदेश राज्यस्थित मुरैना जिल्लाको हो, जहाँ एक पुरुषले आफ्नै पत्नीको सामूहिक बलात्कार गराएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मुरैना जिल्लाको बसैया थानामा यसबारे उजुरी परेको छ । आरोपित पुरुषकै सासुले प्रहरीमा उजुरी दिएकी हुन् । बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नभएका कारण ज्वाइँले आफ्नी छोरीको सामूहिक बलात्कार गराएको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् । छोरीले यसबारेमा आफूलाई सुनाएपछि घटना प्रकाशमा आएको ती महिलाको भनाइ छ ।

    ६ फेब्रुअरीका दिन बाइकमा ज्वाइँ–छोरी नै रायपुर गएको र सोही साँझ तोरीबारीमा काम गरिरहेका दुई मजदुरबाट ज्वाइँले आफ्नी छोरीलाई बलात्कार गराएको ती महिलाले आरोपपत्रमा उल्लेख गरेकी छन् ।

    बलात्कार गराइसकेपछि पत्नीलाई उक्त घटनाबारे कसैलाई नभन्न धम्की दिएको तर छोरीले आफूलाई जानकारी गराएपछि प्रहरीसमक्ष उजुरी दिएको ती महिलाको भनाइ छ ।

    प्रहरीले सोही उजुरीका आधारमा पीडित महिलाका पति र बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । आरोपित पतिले आफ्नो अपराध स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रकाशित मिति :फाल्गुण ११ २०८० शुक्रवार - ११:५५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij