Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सन्दीप लामिछानेले गराए लाइपोमाको शल्यक्रिया

सन्दीप लामिछानेले गराए लाइपोमाको शल्यक्रिया


  • 2.3K
    Shares

    सन्दीप लामिछानेले गराए लाइपोमाको शल्यक्रिया

    काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । सन्दीप निकट स्रोतका अनुसार उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको शल्यक्रिया गराएका हुन् ।

    सन्दीपले दोस्रोपटक लाइपोमाको शल्यक्रिया गराएका हुन् । यसअघि उनले गत वैशाखमा पहिलोपटक लाइपोमाको शल्यक्रिया गराएका थिए ।

    गत वर्ष भदौको सन्दीपविरुद्ध काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । सोही उजुरीका आधारमा गत असोज २० गते पक्राउ परेका सन्दीप यसै वर्षको पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुस २५ गते आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

    प्रकाशित मिति :फाल्गुण ९ २०८० बुधवार - ०५:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij