Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

आज कुन तरकारीको भाउ कति ? (सूचीसहित)

आज कुन तरकारीको भाउ कति ? (सूचीसहित)


  • 3.9K
    Shares

    आज कुन तरकारीको भाउ कति ? (सूचीसहित)
    images

    कालीमाटी तरकारी बजारमा हिजोको तुलनामा आज अधिकांश तरकारीको भाउ घटबढ भएको छैन। केही तरकारीको भाउ हिजोको तुलनामा सामान्य घटबढ भएका छन्।

    गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, मूला, भन्टा लगायतका तरकारीको भाउ हिजोको तुलनामा घटबढ भएका छैनन्।

    भारतीय ठूलो गोलभेँडा नेपाली ठूलो गोलभेँडाभन्दा १० रूपैयाँ महँगो छ। नेपाली गोलभेँडाको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ छ।

    भारतीय रातो आलु र नेपाली रातो आलुको भाउ समान २८ रूपैयाँ प्रतिकिलो छ। सुकेको प्याजको भाउ ६५ रूपैयाँ प्रतिकिलो छ। गाजर ३० देखि ४० रूपैयाँ प्रतिकिलो र बन्दा ३० देखि ३५ रूपैयाँ प्रतिकिलो छ।

    काउलीको भाउ आज किलोमा ३ रूपैयाँ घटेको छ। हिजो २८ देखि ३५ रूपैयाँमा कारोबार भएको लोकल काउलीको भाउ आज २५ देखि ३० रूपैयाँ प्रतिकिलो छ।

    मटरकोशाको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ। सागको भाउ पनि आज स्थिर छ।

    हिजो जस्तै रायो साग प्रतिकिलो ४० देखि ५० रूपैयाँ, तोरीको साग ३० देखि ४० रूपैयाँ, चमसुर, पालुगो, मेथी, जिरी र सौफको सागको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो छ।

    यस्तो छ आज तरकारीको भाउः

    प्रकाशित मिति :फाल्गुण ४ २०८० शुक्रवार - ०९:०१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij