Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

माविको शिक्षक पदका लागि ४१ हजार भन्दा बढीले दिए आवेदन

माविको शिक्षक पदका लागि ४१ हजार भन्दा बढीले दिए आवेदन


  • 2.3K
    Shares

    माविको शिक्षक पदका लागि  ४१ हजार भन्दा बढीले दिए आवेदन
    images

    काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि खुला गरेको विज्ञापनमा अहिलेसम्म ४१ हजार भन्दा बढीले दिएका छन् ।

    आयोगले पुस ८ गते खुला गरेको विज्ञापन नियमित शुल्कमा आवेदन दिने आज अन्तिम रहेकोले आवेदकको संख्यामा वृद्धि भइरहेको आयोगले जानकारी दियो ।

    आवेदन दिने मध्ये ३५ हजार ६ सय ९० ले आवेदन शुल्क बुझाएका छन् भने बाँकी रहेकाले आज बेलुकासम्म बुझाउन मिल्ने भएकोले आवेदकको संख्या अझै बढ्ने आयोगको भनाई छ । आयोगको लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले २०८० माघ ८ गतेसम्म सिंगल दस्तुर र माघ १५ गतेसम्म अविलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन दरखास्त फाराम भर्न सक्नेछन् ।

    त्यसैगरी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्तिका लागि ४ सय ५१ पद सङ्ख्यामा आवेदन माग गरेको छ ।

    साथै नेपाली विषयका लागी ७०, अङ्ग्रेजीका लागि ८१, गणितका लागि ८८, विज्ञानका लागि १२६, सामाजिकका लागि ५६, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा विषयका लागि १७, संस्कृत व्याकरणका लागि ३ र कम्प्युटर विज्ञानका लागि ३ पद सङ्ख्यामा आवेदन माग गरेको छ ।

    प्रकाशित मिति :माघ ८ २०८० सोमवार - १७:२६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij