Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

१० महिनामा लोक सेवाका ६ वटा परीक्षा पास गर्ने छाया जैसी

१० महिनामा लोक सेवाका ६ वटा परीक्षा पास गर्ने छाया जैसी


  • 4.0K
    Shares

    १० महिनामा लोक सेवाका ६ वटा परीक्षा पास गर्ने छाया जैसी
    images

    बाजुराको बुढीगंगा नगरपालिका–६ माल्ताकी छाया जैसीले १० महिनाभित्र लोक सेवा आयोगका ६ वटा लिखित परीक्षा पास गरेकी छन्। 

    देशकै विकट जिल्ला बाजुराको विकट भानुदोय माविबाट एसईई उत्तीर्ण जैसीले २०८० वैशाखयता  लोकसेवा आयोगका ६ वटा लिखित परीक्षामा सफलता प्राप्त गरेकी हुन्। 

    चारवटा मौखिक परीक्षाफल आउन बाँकी रहदा जैसीले कोशी प्रदेशमा लोक सेवा उत्तीर्ण भएर उदयपुरको ताप्ली गाउँपालिकामा सेवासमेत दिन थालिसकेकी छन्। कक्षा १ देखि १२ सम्म भानुदय माविमै पढेकी छायाले सोही विद्यालयबाट कृषि प्राविधिक अध्ययन गरेकी थिइन्। छायाका सात दिदीभाइ छन्। जसमध्ये उनी चौथो सन्तान हुन्। 

    भेटरिनरी चौथो तहमा कोशी प्रदेशबाट सिफारिस छायाले लोकसेवा आयोगको पहिलो परीक्षा कर्णाली प्रदेशबाट पास गरेकी हुन्। गत वैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकाले पनि मौखिकपछि नाम वैकल्पिकमा मात्रै निस्कियो। लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते नतिजा आएर सिफारिस भइन्।

    त्यसपछि पुस २५ गते लुम्बीली प्रदेशमा भेटेरिनरी चौथो तह, पुस ९ गते संघीय लोकसेवा आयोग पाँचौँ तह, पुस ३ गते बागमती प्रदेशमा पाँचौँ तह र असोज १४ गते सुदूरपश्चिम प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी हुन्। चार परीक्षाको मौखिक परीक्षाफल आउन बाँकी छ। छाया सबै परीक्षामा पास हुनेमा विश्वस्त छिन्। 

    प्रकाशित मिति :माघ ६ २०८० शनिवार - १८:५५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij