२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौँ । भारतको मणिपुर राज्यमा फेरि हिंसा सुरु भएको छ। बिहीबार र बुधबार राति भएको हिंसामा ५ सर्वसाधारण र ३ सैनिकको मृत्यु भएको छ।
त्यसको एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुई दिनको हिंसामा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएका थिए। राज्यमा आठ महिनादेखि जारी हिंसा रोकिने संकेत देखिएको छैन।
मणिपुर प्रहरीका अनुसार जनवरी १८ मा विष्णुपुर जिल्लाको निङ्थौखोङ खा खुनोमा अज्ञात समूहले चार सर्वसाधारणको हत्या गरेका थिए।
घटनाको अनुसन्धान जारी रहेको र दोषीलाई पक्राउ गर्ने प्रयास भइरहेको मणिपुर प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij