Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

पाथीभरामा एक महिनाको भेटी ३५ लाख ,कुल रकम आठ करोड भन्दा बढी 

पाथीभरामा एक महिनाको भेटी ३५ लाख ,कुल रकम आठ करोड भन्दा बढी 


  • 2.4K
    Shares

    पाथीभरामा एक महिनाको भेटी ३५ लाख ,कुल रकम आठ करोड भन्दा बढी 

    ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । 

    पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । 

    उनका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ । 

    सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ । 

     

    प्रकाशित मिति :माघ ४ २०८० बिहिवार - ०८:४१:२२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij