Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह


  • 2.3K
    Shares

    • images
    राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह
    images

    भक्तपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारका पक्षमा मतदान गर्न भक्तपुरका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । 

    नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाको निवासमा उनको स्वास्थ्यलाभको कामना गर्न पुगेका रक्षामन्त्री खड्काले राजनीतिक छलफलका क्रममा यस्तो आग्रह गरेका हुन् ।

    नेपाली कांग्रेसबाट विजयी हुने सांसद, कांग्रेसका प्रदेशसभा सदस्य, जिल्लाका कांग्रेसका नेता एवं पदाधिकारीहरु, प्रतिनिधिसमेतको भेटघाट एवं छलफलमा उनले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई विजयी गराउनुपर्ने कर्तव्य पार्टीमा आएको बताए । 

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहेका उपसभापति खड्काले पार्टी केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरलाई आत्मसात् गर्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका पक्षमा मतदान गर्नु प्रतिनिधि सबैलाई आह्वान गरेको नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले जानकारी दिए ।

     

    प्रकाशित मिति :माघ २ २०८० मंगलवार - ०७:३०:३० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij