Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

गुडिरहेको ट्रकबाट १० करोड भारु बराबरको आइफोन चोरी

गुडिरहेको ट्रकबाट १० करोड भारु बराबरको आइफोन चोरी


  • 2.8K
    Shares

    गुडिरहेको ट्रकबाट १० करोड भारु बराबरको आइफोन चोरी
    images

    कलकत्ता । भारतमा गुडिरहेको ट्रकबाट झन्डै १० करोड भारुको आइफोन चोरीको घटना बाहिरिएको छ । यो घटना पश्चिम बङ्गालको हो । गुडिरहेको ट्रकबाट चोरहरूले ९ करोड ७० लाख भारु मूल्य बराबरका १ हजार ५०० थान आइफोन चोरेका छन् । 

    अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकको मोबाइलहरू बोकेर एउटा ट्रक चेन्नईबाट कलकत्ता गइरहेको थियो । पश्चिम बङ्गाल छिर्ने बित्तिकै ट्रकबाट मोबाइल चोरी भयो । चोरीको पूरा घटना सुनेर कलकत्ता उच्च अदालत समेत छक्क परेको थियो । यस मामिलामा अर्को सुनुवाई फेब्रुअरी २ मा हुने बताइएको छ ।

    यो घटना गएको वर्ष सेप्टेम्बर २८ को हो । चोरी गरिएका कयौँ फोन चोर बजारमा विक्री गरेर खरिदकर्ताले चलाउन समेत सुरु गरिसकेका थिए । आइफोन ओसार्ने ट्रकमा अत्याधुनिक जीपीएस सिष्टम लगाइएको थियो । ट्रक कुनै ठाउँमा पाँच मिनेटभन्दा बढी समय रोकिने बित्तिकै ट्रक सञ्चालक कम्पनीको कार्यालयमा यसबारे अलर्ट पुगिसक्थ्यो । सन् २०२३ को सेप्टेम्बर २८ को बिहान ६ बजे उक्त ट्रक पश्चिम मेदिनीपुर जिल्लाको नयाँ बजारमा एउटा पेट्रोल पम्पमा ५ मिनेटभन्दा बढी समय रोकियो ।

    अलर्ट आएपछि ट्रक सञ्चालक कम्पनीले चालकलाई बारम्बार फोन गरे । तर फोन उठेन । ४५ मिनेटपछि कम्पनीले डेबरा प्रहरी थानामा यसबारे उजुरी दियो  । प्रहरीले ट्रक बरामद गर्दा चालक वा सहचालक कोही भेटेनन् । ट्रकबाट सबै आइफोन गायब थिए । ट्रक कतै पनि लामो समय नरोकिएकोले आइफोन ट्रक गुडिरहेको बेलामा चोरी भएको ट्रान्सपोर्ट कम्पनीका वकिलको दाबी थियो । 

    पश्चिम बङ्गाल छिर्ने बित्तिकै आइफोन बोकेको ट्रकलाई अर्को एउटा ट्रक लामो समयसम्म पिछा गरिरहेको थियो । सडकमा ट्रकहरु सँगसँगै गुडिरहेको बेलामा ट्रक चालकको मिलिमतोमा आइफोनलाई अर्को ट्रकमा सारिएको अनि चालक र सहचालक दुवैले ट्रक छोडेर भागेको बताइएको छ ।

    चोरीको फोन चोरहरूले बेच्न नसकुन् भनेर ट्रान्सपोर्ट कम्पनीले एफआईआर दर्ता गराउन खोजेको थियो । तर प्रहरीले सुरुमा यसबारे कुनै उजुरी दर्ता गरेन । आलटाल गरेर अक्टोबर १० मा मात्रै एफआईआर दर्ता गरियो । यस मामिलामा प्रहरीले कसैलाई पनि समातेको छैन । प्रहरीले ठिकसँग छानबिन नगरेको भन्दै ट्रान्सपोर्ट कम्पनी उच्च अदालतमा पुगेको थियो ।

     

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - १२:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij