Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद

रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद


  • 2.1K
    Shares

    • images
    रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँ बरामद
    images

    काठमाडौँ । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ ।

    सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार मंगलबार साँझ बम्जन पक्राउ गरिसकेपछि बूढानीलकण्ठको हात्तीगौंडास्थित उनको घर खानतलासी गर्दा उक्त रकम फेला परेको हो। बम्जनलाई पनि घरमै पक्राउ गरिएको थियो।

    ‘उनलाई पक्राउ गरिसकेपछि हामीले बूढानीलकण्ठस्थित बम्जनको घरमा राति खानतलासी गरेका थियौँ’, एआईजी ब्रजाचार्यले भनिन्, ‘हजार, हजारका नोट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ फेला पर्‍यो।’

    एआईजी बज्राचार्यका अनुसार केही मात्रामा विदेशी मुद्रा तथा १५ वटा मोबाइल, ल्यापटप र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएका छन्। मंगलबार साँझ प्रहरीको टोली बम्जनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो। प्रहरी छिरेको सुइँको पाएपछि उनी तीनतले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए। 

    ‘पक्राउ गर्न जब प्रहरी टोली उनको घरभित्र छिर्‍यो, त्यसबेला उनी तीन तलामाथिबाट हामफालेर भाग्ने तयारीमा थिए’, एआईजी बज्राचार्यले नेपालखबरलाई भनिन्, ‘उनी भाग्न सक्ने अनुमानसहित थप तीनवटा टोली बाहिर परिचालन गरिएको थियो। त्यही कारण उनी यसपटक प्रहरीलाई छल्न असफल भए।’

    बलात्कारसहित बम्जनले एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ। रौतहटकी आनीले आश्रममा बस्दा बम्जनले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

    पछिल्लो समय सिन्धुलीको आश्रममा बस्ने गरेका बम्जन प्रहरीको फरार सूचीमा थिए। सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बम्जनलाई प्रहरीले फेला पार्न सकेको थिएन।

    बम्जनले सुरुमा ‘लिटिल बुद्ध’को नामले चर्चा कमाएका थिए। करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा ‘तपस्या’गर्न थालेका थिए।

    प्रकाशित मिति :पौष २५ २०८० बुधवार - १०:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij