Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?


  • 3.2K
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    प्रस्तावित लाभांशमा ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँबराबरको बोनस शेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :पौष २५ २०८० बुधवार - १०:१५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij