Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

अमेरिकाले सुरु गर्‍यो १७१ वटा बोइङ विमानको प्राविधिक जाँच, उडान रोकियो

अमेरिकाले सुरु गर्‍यो १७१ वटा बोइङ विमानको प्राविधिक जाँच, उडान रोकियो


  • 2.6K
    Shares

    अमेरिकाले सुरु गर्‍यो १७१ वटा बोइङ विमानको प्राविधिक जाँच, उडान रोकियो
    images

    काठमाडौं । अमेरिकाले प्राविधिक जाँच गर्नुपर्ने भन्दै १७१ वटा बोइङ विमानको उडान रोकेको छ ।

    अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाको संघीय उड्डयन प्रशासन (एभिएसन एडमिनिस्ट्रेसन- एफएए) ले १७१ वटा विमानलाई प्राविधिक जाँच पूरा नहुन्जेल उडानमा रोक लगाउने निर्णय गरेको हो । एफएएका अनुसार यो निर्णयबाट अमेरिकाका ‘बोइङ्ग ७३७ म्याक्स ९’ का १७१ विमान प्रभावित हुनेछन् ।

    युनाइटेड एयरलाइन्सले आफ्ना ७९ वटा ‘बोइङ्ग ७३७ म्यास ९’ विमानमध्ये केहीको एफएएले प्राविधिक जाँच गरेको जनाएको छ । प्राविधिक जाँच गर्नुपर्दा ६० वटा उडान रद्द हुने सम्भावना छ । किनभने एउटा हवाई जहाज जाँच गर्दा चारदेखि आठ घण्टासम्म समय लाग्ने बताइएको छ ।

    गत शुक्रबार अमेरिकाको पोर्टल्याण्ड (ओरेगान)बाट ओन्टारियो -क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको हवाई जहाजको एक हिस्सा हावाको दबावमा फुटेर जहाजबाट अलग भएको थियो । त्यसपछि हवाई जहाजलाई आकस्मिक अवतरण गराउनु परेको थियो ।

    उक्त हवाई जहाजमा १७१ यात्री र चालक दलका ६ सदस्यहरु थिए । उनीहरु सबै सकुशल छन् ।

    यो घटनालगत्तै अलास्का एयरलाइन्सले आफ्ना सबै ६५ वटा बोइङ विमानका उडान बन्द गरेको थियो । उसले प्राविधिक जाँच गराउने र फेरि उडान अनुमति नपाएसम्म सेवा बन्द गर्ने जनाएको छ ।

    प्रकाशित मिति :पौष २२ २०८० आइतवार - ११:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij