२०८२ फाल्गुण २३ गते शनिवार
अमेरिकाको आयोवा राज्यको एक हाइस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनाविरुद्ध गोली हानेका हुन्।
बीबीसीको समाचारअनुसार गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशासक छन्। गोली लागेर मृत्यु भएका विद्यार्थी कक्षा ६ मा पढ्थे। प्रहरीका अनुसार गोली चलाउने संदिग्ध १७ वर्षीय विद्यार्थी डेलोन बटलर हुन्। उनले बन्दुक र ह्यान्ड ग्रेनेड ल्याएका थिए।
आपराधिक अनुसन्धानको आयोवा डिभिजनका सहायक निर्देशक मिच मोर्टवेटले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको बताएका छन्।
उनले गोली चलेको समयमा नै विद्यार्थीले सामाजिक सञ्जालमा धेरै पोस्ट गरेको बताए। मोर्टभेटका अनुसार घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij