Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

केटी मिलाईदिने कर्णेललाई पुरस्कार, भोग गर्ने जर्साबलाई आर्मीले बर्सायो डण्डा 

केटी मिलाईदिने कर्णेललाई पुरस्कार, भोग गर्ने जर्साबलाई आर्मीले बर्सायो डण्डा 


  • 8.6K
    Shares

    केटी मिलाईदिने कर्णेललाई पुरस्कार, भोग गर्ने जर्साबलाई आर्मीले बर्सायो डण्डा 
    images

    फिल्म निर्देशक चेतन कार्कीको कान्छो छोरा, अमेरिकाबाट (एनडिसी) नेशनल डिफेन्स कलेज कोर्स सकेर फर्किई दुई तारे जर्नेल बन्नै लागेका सिरहास्थित २७ बाहिनीपति पङ्कज कार्की केटी काण्ड लागेपछि कार्वाही को भागिदार बनेका छन्। 

    उनलाई आफ्नै टुआइसी महासेनानी रामचन्द्र कार्की र नेपाली राष्ट्रिय फुटबल टिमको सदस्य रहिसकेका अर्का कार्की जनमत कार्कीले ब्यारेककै महिला सिपाहीको यौनशोषण गराउन गोलबजार र वरपरका होटेलमा ठाउँको बन्दोबस्त मिलाइदिने गरेको तीन महिनाअगाडि जंगीअड्डामा उजुरी परेपछि छानबिन थालिएको थियो । 

    बर्खास्त भएका जर्नेल कार्की फिल्म निर्देशक चेतन कार्कीका कान्छो छोरा हुन् । उनलाई आफ्नै टुआइसी महासेनानी रामचन्द्र कार्की र नेपाली राष्ट्रिय फुटबल टिमको सदस्य रहिसकेका अर्का पोख्रेली कार्की लेफ्टिनेन्ट कर्णेल जनमत कार्कीले ब्यारेककै महिला सिपाहीको यौनशोषण गराउन गोलबजार र वरपरका होटेलमा ठाउँको बन्दोबस्त मिलाइदिने गरेको समेत आरोप लागेको थियो ।

    त्यसबारे जंगीअड्डामा उजुरी परेपछि छानबिन थालिएको हो । पहिला मध्यपूर्वी पृतनाका महासेनानी भुवन खत्रीले छानबिन गर्दा खासै कैफियत फेला नपरेको भनेपछि अझ माथिल्लो तहबाट छानबिन गरिएको थियो ।

    अहिलेको छिनोफानो कार्यरथी गोकुल भण्डारीको कोर्ट अफ इन्क्वायरीबाट भएको हो । केटी भिडाईदिने कर्नेललाई केही कारबाही भएको छैन। 

    अमेरिकाबाट (एनडिसी) नेशनल डिफेन्स कलेज कोर्स गरेका जर्नेल पंकज कार्की सेनाभित्रैका दुईजना महिला अधिकृतसँगको यौनकाण्डमा संलग्न भएको आरोपमा सैनिक दिवसकै दिन पदबाट बर्खास्त भएका हुन् । सैन्य स्रोतले कार्कीलाई पदीय मर्यादाविपरित आचरण र सैनिक अनुशासन उल्लंघन गरेकोमा बर्खास्त गरिएको बताएको छ ।

    आरोपित कार्की र दुवै महिला सैनिकको परिवारमा थप समस्या नहोस भनेर अति गोप्य तवरले छानबिन गरिएको थियो ।

    दक्षिणी सुडानमा शान्ति सेना भएर खटिँदा सेनानी दर्जाकी र दुई बच्चाकी आमा महिला अधिकृतसँग लसपसको रहस्य नेपाल फर्केपछि एक वर्षअघि खुलेको हो । सैन्य अनुसन्धान र छानबिनको क्रममा कार्की र ती महिला अधिकृत तथा जवानबीच भएको यौन सम्पर्क अधिकांश मेलमिलाप र सहमतिमा नै भएको देखिएको थियो ।  कुनै बेलामा भने जबर्जस्ती सम्बन्ध राखेको समेत पाइएको स्रोतको दाबी छ ।

    उनीहरूले जे जसरी सम्बन्ध कायम राखेपनि कोर्टमार्शलले गरेको कारबाहीमा पदीय मर्यादा विपरित आचरण र सैनिक अनुशासन उल्लंघन गरेको अभियोग प्रमाणित भएको जनाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १३:३२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij