Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

इजरायलको आक्रमणमा राष्ट्रसंघका १४२ कर्मचारीको मृत्यु

इजरायलको आक्रमणमा राष्ट्रसंघका १४२ कर्मचारीको मृत्यु


  • 2.1K
    Shares

    इजरायलको आक्रमणमा राष्ट्रसंघका १४२ कर्मचारीको मृत्यु
    images

    काठमाडौं । संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थीको लागि राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए)ले गाजामा आफ्ना १४२ कर्मचारीको ज्यान गएको बताएको छ ।

    गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा बमबारी थालेको थियो । त्यसयता जारी आक्रमणमा गाजापट्टीमा आफ्ना १४२ कर्मचारीको मृत्यु भएको यूएनआरडब्ल्यूएले जनाएको हो ।

    “हाम्रो टोलीले अत्यावश्यकतामा परेका मानिसलाई मद्दत गर्न काम गरिरहेका छन् । गाजामा मारिएका १४२ भन्दा बढी सहकर्मीको मृत्युमा हामी स्तब्ध भएका छौँ । उनीहरुको परिवारप्रति हाम्रो समवेदना छ,” राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थी एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

    इजरायली आक्रमणमा हालसम्म २० हजार ४०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १ हजार १३९ रहेको अलजजिराले उल्लेख गरेको छ ।

    आइतबार मात्रै माघाजी शरणार्थी शिविरमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनी मारिएका छन् । शरणार्थी शिविरमै आक्रमण भएकाे भन्दै यसलाई प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले नरसंहार भनेको छ । 

    प्रकाशित मिति :पौष ९ २०८० सोमवार - १४:३८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij