Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

क्रिसमसको अवसरमा १ हजार कैदी रिहा

क्रिसमसको अवसरमा १ हजार कैदी रिहा


  • 2.7K
    Shares

    क्रिसमसको अवसरमा १ हजार कैदी रिहा
    images

    कोलम्बो । श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । 

    श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैदीलाई बाँकी जेल सजाएँ माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । 

    सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलङ्काका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिए । 

    श्रीलङ्कामा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको छ र बुद्धको जन्म, प्रबुद्धता र मृत्युको उपलक्ष्यमा मनाइने वैशाखको बिदाको अवसरमा मे महिनामा पनि त्यति नै सङ्ख्यामा दोषीलाई रिहा गरिएको थियो ।

    क्रिसमसको पूर्वसन्ध्यामा रोकिएको एक साता लामो सेना समर्थित लागुऔषध विरोधी अभियानका क्रममा प्रहरीले करिब १५ हजार व्यक्तिलाई पक्राउ गरेपछि पछिल्लो क्षमा दान दिइएको हो ।

    प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ हजार ६६६ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको र करिब एक हजार १०० जनालाई हिरासतमा लिएर सेनाद्वारा सञ्चालित अस्पतालमा अनिवार्य पुनस् स्थापनाका लागि पठाइएको उल्लेख छ ।

    श्रीलङ्काका जेलहरूमा क्षमताभन्दा बढी कैदी राख्दा लामो समयदेखि जेलमा कैदीको भिडभाड हुने गरेको छ ।

    सरकारी तथा तथ्याङ्कअनुसार शुक्रबारसम्म ११ हजार कैदी बन्दी राख्न मिल्ने गरी निर्माण गरिएका जेलमा करिब ३० हजार कैदीबन्दी रहेका छन् ।

    प्रकाशित मिति :पौष ९ २०८० सोमवार - १३:२३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij