Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या

पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या


  • 2.7K
    Shares

    पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या
    images

    काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ ।

    समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा संलग्न थिए ।

    गत हप्ता मात्रै खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । उक्त हमलाको जिम्मा पाकिस्तानी तालिबानसँग सम्बन्धित संगठनले लिएको थियो ।

    अफगान शरणार्थीलाई लिएर अहिले पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रँदै गएको छ ।

     

    प्रकाशित मिति :पौष ६ २०८० शुक्रवार - १४:३५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij