Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

प्रदूषण हटाउन पाकिस्तानले गरायो कृत्रिम वर्षा

प्रदूषण हटाउन पाकिस्तानले गरायो कृत्रिम वर्षा


  • 2.3K
    Shares

    प्रदूषण हटाउन पाकिस्तानले गरायो कृत्रिम वर्षा
    images

    काठमाडौं । पाकिस्तानको लाहोरमा खतरनाकस्तरको प्रदूषण हटाउन पहिलोपटक कृत्रिम वर्षाको प्रयोग गरिएको छ ।

    लाहोरको मेगासिटीमा शनिबार वर्षा गराउने ‘क्लाउड–सिडिङ’ उपरकणसहितका विमानले उडान भरेको थियो । यो सहर विश्वकै सबैभन्दा धेरै हानिकारकस्तरको वायु प्रदूषण भएको ठाउँमध्येमा पर्छ ।

    लाहोरका कम्तीमा १० ठाउँमा वर्षा गराइएको पन्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले बताएका छन् । पन्ध्र किलोमिटरको क्षेत्रमा गरिएको वर्षाको अनुगमनसमेत गरिएको उनले बताएका छन् ।

    लाहोरमा हावाको गुणस्तर व्यापारिक गतिविधिदेखि स्कुलसमेत बन्द गरिएको थियो । संयुक्त अरब इमिरेट्स (यूएई)बाट दुईवटा विमान लिएर आएको टोलीले यो वर्षा गर्न मद्दत गरेको बताइएको छ ।

    यूएईले त्यहाँको पानी नपर्ने ठाउँमा क्लाउड–सिडिङ प्रक्रियाबाट वर्षा गराउन विमानको प्रयोग गर्ने गर्छ । पाकिस्तानमा प्रदूषण घटाउन यो कति प्रभावकारी भयो भन्नेबारे निरीक्षणसमेत भइरहेको बताइएको छ ।

    क्लाउड–सिडिङ प्रक्रियामा सिल्भर आयोडाइडलाई एसिटोनसँग जलाइन्छ । यसले बादललाई तरलमा परिणत गराएर वर्षा गराउन मद्दत गर्छ ।

    प्रकाशित मिति :पौष ५ २०८० बिहिवार - १६:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij