Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु, १३ घाइते

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु, १३ घाइते


  • 2.9K
    Shares

    चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु, १३ घाइते
    images

    सांघाई । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।  

    स्थानीय समयअनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोइला खानीमा भएको राज्य प्रसारक सीसीटीभीले जनाएको छ ।

    दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको तथा घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सीसीटीभीले जनाएको छ ।

    आधिकारिक तथ्यांकअनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो । गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।

    यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।  रासस/एएफपी

    प्रकाशित मिति :पौष ५ २०८० बिहिवार - १६:३९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij