Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो


  • 2.9K
    Shares

    चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो
    images

    काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् ।

    नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको छ ।

    पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १३० जनाको मृत्यु भएको जनाएको छ । भूकम्पका कारण भवनहरु भत्किएका छन् । भग्नावशेष मानिसहरु पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ । भूकम्पका कारण सडक, सञ्चार, बिजुली र खानेपानी आपूर्तिमा पनि क्षति पुगेको छ ।

    भूकम्प प्रभावित पहाडी क्षेत्रको न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सियससम्म रहे पनि खोज तथा उद्धारको काम तीव्रताका साथ भइरहेको पिपुल्स डेलीको अनलाइन संस्करणले जनाएको छ ।

    चिनियाँ समाचार एजेन्सीहरुका अनुसार छिङहाइ प्रान्तमा भन्दा कान्सु प्रान्तमा बढी क्षति पुगेको छ । गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

     

    प्रकाशित मिति :पौष ४ २०८० बुधवार - १०:३२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij