Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

चीनको भूकम्पमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

चीनको भूकम्पमा मृत्यु हुनेको संख्या ११६ पुग्यो


  • 3.3K
    Shares

    चीनको  भूकम्पमा मृत्यु हुनेको संख्या ११६ पुग्यो
    images

    उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्।

    चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको र छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ। 

    यसैबीच दोस्रोपटक छिमेकी प्रान्त सिनजियाङमा पनि भूकम्प गएको बीबीसीले जनाएको छ। उक्त ५.५ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। 

    चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्रमध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्। भूकम्पबाट जिसिसान काउन्टी सबैभन्दा बढी प्रभावित देखिएको जनाइएको छ।

    प्रकाशित मिति :पौष ३ २०८० मंगलवार - १०:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij