२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिहीबारका लागि छापावाल सुनको प्रतितोला मूल्य एक लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य एक लाख १८ हजार २५० रुपैयाँ तोकिएको छ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो। सुनको मूल्य बढेको दिन आज चाँदीको पनि बढेको छ।
बुधबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ५५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij