२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार पनि सोही दरमा सुनको मूल्य बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रति तोला ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य ८६ हजार दुई सय रुपैयाँ प्रति तोला पुगेको थियो ।
चाँदी तोलामै १५ रुपैयाँ महँगिएको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रति तोला एक हजार २ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रति तोला एक हजार २ सय ७० रुपैयाँमा कारोबार भएकव थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij