Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

‘हमासले महिला बन्दीहरूलाई छाड्न नमान्दा भंग भयो युद्धविराम’

‘हमासले महिला बन्दीहरूलाई छाड्न नमान्दा भंग भयो युद्धविराम’


  • 2.7K
    Shares

    ‘हमासले महिला बन्दीहरूलाई छाड्न नमान्दा भंग भयो युद्धविराम’
    images

    काठमाडौं । प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले महिला बन्दी रिहा गर्न नमान्दा इजरायलसँगको युद्धविराम भंग भएको अमेरिकाले जनाएको छ।

    मेरिकी विदेश मन्त्रालयले इजरायल र हमासबीच भएको हप्ता लामो युद्धविराम सम्झौता हमासले महिला बन्धकहरूलाई रिहा गर्न नमान्दा भंग भएको उल्लेख गरेको छ।

    विदेश मन्त्रालयका अनुसार आफूहरूले गरेको हिंसाबारे महिलाहरूले नबोलुन् चहाना हमासले राख्दा  फेरि युद्ध सुरु भएको हो। 

    मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारलाई हमासले महिला बन्धकहरूलाई बलात्कार गरेको कुरा लुकाइरहनुपर्ने जरुरी नभएको बताएका छन्।  

    सोमबार न्यूयोर्कस्थित मुख्यालयबाहिर जम्मा भएका सयौा प्रर्शनकारीले हमासद्वारा इजरायली महिलालाई बलात्कार गर्नुका साथै अन्य मानवताविरोधी घटनालाई लिएर संयुक्त राष्ट्रसंघको कडा आलोचना गरेका थिए।

    एक अभियन्ताले हमासले जानीबुझी इजरायली महिलाविरुद्ध यौन हिंसाको हतियारको प्रयोग गरेको दाबी  गरेका छन्। तर उता हमासले भने उक्त आरोपलाई खारेज गर्दै यसलाई सरासर झुट भनेको छ।

     

    प्रकाशित मिति :मंसिर १९ २०८० मंगलवार - १३:११:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij