Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी नेपाली महिलाको निधन

चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी नेपाली महिलाको निधन


  • 4.7K
    Shares

    चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी नेपाली महिलाको निधन
    images

    बेलायतमा एक नेपाली महिलाको निधन भएको छ। चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो। 

    गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन्। 

    उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो।

    भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। 

    उनको निधनबारे परिवारलाई खबर गरिसकेको पनि उनले उल्लेख गरेका छन्। 

    प्रकाशित मिति :मंसिर १९ २०८० मंगलवार - ०७:१४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij