Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

दशैँमा ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्यले निकाल्यो लिलामीको सूचना

दशैँमा ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्यले निकाल्यो लिलामीको सूचना


  • 3.0K
    Shares

    दशैँमा ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्यले निकाल्यो लिलामीको सूचना

    काठमाडौँ । दशैँका लागि ल्याएको च्याङ्ग्रा नबिकेपछि  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिलामीको सूचना निकालेको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै च्याङ्ग्रा बिक्री सम्बन्धी गोप्य सिलबन्दी दरभाउको आह्वान गरेको हो।

    स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ। जिउँदो च्याङ्ग्राको बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ तोकिएको छ। प्रतिकेजी एक हजार १२५ रुपैयाँ न्यूनतम कबोल दर राखिएको छ। यही मंसिर २९ गते सम्म दरभाउ पत्र खरिद गरी पुस १ गते दिउँसो १२ बजेभित्र पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।

    पेश भएका दरभाउ पत्र पुस १ गते दिउँसो २ बजेपछि खोलिने जनाइएको छ। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका खरिद गरेको च्याङ्ग्रा अझै ९० वटा बाँकी छन्। कम्पनीले पटक पटक मूल्य घटाउँदा पनि बिक्री नभएपछि लिलामी बिक्री गर्न लागेको हो।

    image.png

    प्रकाशित मिति :मंसिर १५ २०८० शुक्रवार - ११:०५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij