Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

सुरुङमा फसेका मजदुरलाई १७ दिनपछि जीवितै उदार

सुरुङमा फसेका मजदुरलाई १७ दिनपछि जीवितै उदार


  • 2.8K
    Shares

    सुरुङमा फसेका मजदुरलाई १७ दिनपछि जीवितै  उदार
    images

    विगत १७ दिनदेखि भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरलाई बाहिर निकालिएको छ। उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन्।

    उनीहरूको उद्धार भएसँगै सुरुङ आसपासमा खुसियाली मनाइएको छ। सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी स्वास्थ्य क्लिनिक बनाइएको थियो र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरू तयार अवस्थामा राखिएको थियो।

    उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटरको पाइपबाट एक-एक गर्दै निकालेका थिए। नजिकै गएको एउटा पहिरोका कारण ढुंगा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए। उनीहरू सबैको जिवितै उद्धार गरिएको छ।

    नोभेम्बर १२ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुर बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको थियो। त्यसअघि उनीहरुका लागि खानेकुरा, पानी र अक्सिजन त्यही पाइपबाट पठाउने गरिएको थियो।
    फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए। सुरुङभित्र नजिकै पहिरो आएपछि मजदुरहरू सुरुङमा थुनिएका थिए। 

    उत्तरकाशीको सिल्क्यरास्थित सुरुङमा फसेका ती मजदुरका आफन्त तथा परिवार सुरुङबाहिर भेला भएर प्रार्थना गरिरहेका देखिन्थे। फलामे रडहरू छिचोलेर अघि बढ्नुपर्ने तथा खुकुलो माटो र कडा चट्टान भएका कारण उनीहरूसम्म पुग्न उद्धारकर्ताहरूलाई समय लागेको थियो।

    नोभेम्बर १३ मा स्थानीय समयअनुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो। पहिरोले सुरुङको मुख थुनिएपछि त्यहाँ अक्सिजनको आपूर्ति पनि काटिएको थियो। 

    तर घटना भएकै दिन राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो।

    cm.jpg

    प्रकाशित मिति :मंसिर १३ २०८० बुधवार - ११:१७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij