Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रतिगामी हर्कतलाई दुत्कारौं : नागरिक सचेतना समाज

प्रतिगामी हर्कतलाई दुत्कारौं : नागरिक सचेतना समाज


  • 3.1K
    Shares

    प्रतिगामी हर्कतलाई दुत्कारौं : नागरिक सचेतना समाज
    images

    काठमाडौँ । नागरिक सचेतना समाज, नेपालले वर्तमान परिस्थितिको मूल्याङ्कन गर्दै एक विज्ञप्ति जारी गरेको छ । समाजका महासचिव रामशरण न्यौपाने (सुशान्त)द्वारा हस्ताक्षरित विज्ञप्तिमा आम जनतामाझ प्रतिगामीहरूको हर्कतलाई दुत्कार्न अपिल गरिएको छ ।

    विज्ञप्तिमा  राज्य अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको र आर्थिक सूचकाङ्कहरू नकारात्मक दिशातर्फ गएकोमा  जनतामा व्यापक निराशा छाएको बताइएको छ । ठिक यो घडी प्रतिगमनकारी शक्तिले टाउको उठाउने कुचेष्टा गर्दैछ भन्दै कथित आन्दोलनकारीहरूको राजतन्त्रात्मक व्यवस्था छँदा सब ठिकठाक भएको र अहिले सब नष्ट र भ्रष्ट मात्र देख्ने लेन्सप्रति गम्भीर असहमति व्यक्त गरिएको छ ।

    अढाइसय वर्ष राजतन्त्रले खासै केही लछारपाटो लगाउन नसकेकोप्रति त कथित आन्दोलनकारीहरू मौन रहेकोमा आश्चर्य व्यक्त गर्दै साढे तीन दशकको अवधिमा विकास, निर्माणको गति सुस्ताएकामा राखेको एक/एक लेखाप्रति पनि विमति जनाइएको छ । सामन्ती व्यवस्थाभन्दा पुँजीवादी व्यवस्था थप अगतिलो चित्रित गरिरहेका प्रतिगमनकारीहरूप्रति इङ्गित गर्दै स्वदेशी बैङ्क लुट्नेदेखि विदेशमा अनेकखाले ठगी गर्नेको बैशाखी टेकेर उनीहरू कथित युट्युबर र डिजिटल सञ्चारमाध्यममा छाइरहेकोमा आश्चर्य प्रकट गरिएको छ । अझ मूल धारका भनिएका सञ्चारमाध्यमहरूको समेत खुट्टा लड्खडाउन थालेको आशङ्का गर्दै चौँथो अङ्गले ठिक र बेठिक छुट्याउनुपर्ने जिकिर गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ- 'नागरिक सचेतना समाज यस्ताखाले कुत्सित हर्कतको भर्त्सना गर्दछ । समाज कुनै पनि मानेमा प्रतिगमनतिर पाइला चाल्न सक्दैन । यो व्यवस्थाका नकारात्मक पाटापक्षबारे विशद् बहस हुनसक्ला किन्तु एकतन्त्रीय सामन्तवादतिर समाज फर्कन सम्भव छैन ।'

    लोकतन्त्रको विकल्प भनेको योभन्दा समुन्नत लोकतन्त्र हो, न कि सामन्तवाद भन्ने समाजको अवधारणा पनि विज्ञप्तिमा प्रस्ट्याइएको छ ।त्यसरी नै बैङ्क तथा वित्तीय संस्थाको ॠण मिनाहा गराइदिने आश्वासनका पुरिया बाँडी केही मान्छेहरू उफारेर आन्दोलन नामक धमिलो पानीमा माछा  मार्ने प्रतिगमनका मतियारहरूलाई दुत्कार्नु आजको समयको माग भएको पनि स्पष्ट पारिएको छ ।

    विज्ञप्तिको अन्तमा आममान्छेको अन्तस्करणको आवाज बुलन्द होस् भन्ने नागरिक सचेतना समाजको नीतिगत धारणा हो भन्ने दाबी गरिएको छ । 

    received_696844505876903 (1).jpeg

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - १४:५१:५३ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij