Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

भारतीय महिला हत्या आरोपमा नेपाली युवक पक्राउ

भारतीय महिला हत्या आरोपमा नेपाली युवक पक्राउ


  • 3.2K
    Shares

    भारतीय महिला हत्या आरोपमा नेपाली युवक पक्राउ
    images

    भारतको उत्तराखण्डस्थित पिथौरागढमा एक वृद्धा महिलाको हत्या आरोपमा नेपाली युवक पक्राउ परेका छन्।

    सुवाकोटको वड्डाकी ६५ वर्षीया माधवी चिलकोटीको हत्या आरोपमा मजदुरी गर्न भारत गएका मुगुका २६ वर्षीय युवक रिपेन्द्र नाथ पक्राउ परेका हुन। भारतीय सञ्चार माध्यमका अनुसार कोठाबाट निकालेको रिसमा नाथले भारतीय महिलाको हत्या गरेको स्वीकार गरेका छन्।

    माधवी आइतबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्। उनका एक छोरा इङ्गल्याण्डमा छन्। माधवीको घर गाजियाबादमा पनि छ। सुवाकोटको घर उनले भाडामा दिएकी थिइन्।

    उनी दिल्ली र सुवाकोट आउजाउ गरिरहन्थिन्। सुवाकोटको घरमा मजदुरीका लागि भारत आएका तीन जना नेपाली कोठा भाडामा बसेका थिए। मृतक माधवी दिल्लीबाट केहीदिन पहिले सुवाकोट फर्किएकी थिइन्। नेपाली युवक नाथलाई रक्सी पिउने र कोठामा फोहोर गर्ने हुनाले माधवीले कोठा छाड्न भनेकी थिइन्।

    त्यतिबेला नाथ अर्को ठाउँमा बस्न थालेका थिए। अन्य दुई नेपाली मजदुर भने माधवीको घरमै बस्थे। उनीहरुले शनिबार मात्रै कोठा सारेका थिए। प्रहरीका अनुसार राति साथीको सामान बोक्न रिपेन्द्र पनि आएका थिए। त्यसै क्रममा घरबेटी माधवीको कोठाको ढोका फोडेरभित्र घुसे, उनी। उनले माधवीको टाउको कोठाको वालमा बजारे। 

    त्यसपछि सिरानीले मुख थुनेर माधवीको हत्या भएको प्रहरीको भनाइ छ। घटनापछि कोठामा भएको नगद लिएर रिपेन्द्र फरार भएका थिए। झुलाघाट नाका हुँदै नेपाल प्रवेश गर्न खोज्दा उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरी १३ हजार भारतीय रुपैयाँ, सुनको औँठी र महिलाको पर्ससमेत बरामद गरेको छ।

    घटनापछि अनुसन्धानमा जुटेको भारतीय प्रहरीले सीसीटीभी फुटेजमा रिपेन्द्र नाथ देखिएपछि उनको खोजी गरेको थियो। ‘महिलाको हत्या गरी फरार नेपाली युवक पक्राउ परेका छन्। उनी नेपाल भाग्ने योजनामा थिए,’ पिथौरागढका सीओ नरेन्द्र पन्तको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेको छ, ‘अभियुक्तले महिलाको हत्या गरेको स्वीकार गरेका छन्।

    उनको साथबाट धेरै सामान पनि बरामद भएको छ।’ मृतक माधवीका भतिजा विशालले रिपेन्द्र नाथविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। 

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - १२:५२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij