Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंक र हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजबीच छुट सम्झौता

सिटिजन्स बैंक र हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजबीच छुट सम्झौता


  • 2.7K
    Shares

    सिटिजन्स बैंक र हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजबीच छुट सम्झौता

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजबीच सम्झौता भएको छ । 

    सिटिजन्स बैंक र माहादेवस्थान, काठमाडौं स्थित हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने उक्त सम्झौता भएको छ । 

    उक्त सम्झौता पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - ०७:२६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij