२०८२ आश्विन २९ गते बुधवार
काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्ड 'पिज्जा हट'ले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । जसले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको कम्पनीको भनाइ छ । ४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि पिज्जाको एक अतुलनीय अनुभव दिने कम्पनीको भनाइ छ ।
‘पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको छ जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् ’, कम्पनीले भनेको छ, ‘ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नुहुनेछ र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्नुहुनेछ ।’
ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गरि अगाडि बढेको जनाइएको छ । पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नकालागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरेको कम्पनीको दाबी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij