Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आइएमई लाइफ इन्स्योरेन्स चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ द्वारा  सम्मानित

आइएमई लाइफ इन्स्योरेन्स चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ द्वारा  सम्मानित


  • 2.8K
    Shares

    आइएमई लाइफ इन्स्योरेन्स चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ द्वारा  सम्मानित
    images

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा  सम्मानित भएको छ ।

    यस कम्पनी इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित 'चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को (रनर अप)को रुपमा सम्मानित भएको हो । 

    विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा विभिन्न वित्तीय सुचकाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा  मूल्यांकन गरि उक्त अवार्ड प्रदान गरिएको हो । 

    भारतको मुम्बईमा आयोजित भव्य समारोहकाबीच आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन् । उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अरु बीमा कम्पनीहरुको पनि सहभागिता रहेको थियो ।  

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - १७:२७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij