Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

हमास-इजरायलबीच सहमति : ४ दिन युद्धविराम हुने, ५० जना बन्धक रिहा गरिने

हमास-इजरायलबीच सहमति : ४ दिन युद्धविराम हुने, ५० जना बन्धक रिहा गरिने


  • 2.4K
    Shares

    हमास-इजरायलबीच सहमति : ४ दिन युद्धविराम हुने, ५० जना बन्धक रिहा गरिने
    images

    काठमाडौं । हमास र इजरायलबीच ४ दिनका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएको छ।

    झन्डै डेढ महिनादेखि जारी युद्ध ४ दिनका लागि अस्थायी रुपमा रोक्ने दुवै पक्षबीच सहमति भएको हो। इजरायल र हमासबीच बहुप्रतिक्षित सहमति भएसँगै हमासले बन्धक बनाएका ५० जना इजरायलीलाई रिहा गर्ने बताएको छ।

    बीबीसीका अनुसार सुरुवाती चरणमा ५० जना बन्धकलाई रिहा गरिनेछ। जसमा महिला र बालबालिका रहनेछन्। त्यसपछि ४ दिनसम्म अस्थायी रुपमा युद्ध रोकिने छ। त्यसबाहेक सहमतिमा थप ५० जना बन्धकलाई रिहा गर्न एक दिन अझै युद्ध विराम गरिने पनि उल्लेख छ।

    मङ्गलवार इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले ५० जना बन्धकलाई रिहा गर्ने पुष्टि गर्दै ४ दिनका लागि अस्थायी रुपमा युद्ध विराम गरिने पुष्टि गरेको थियो।

    प्रकाशित मिति :मंसिर ६ २०८० बुधवार - ११:१३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij