Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

यी त्यस्ती शाखा अधिकृत जसले विदेश जाने योजनामा रहेका श्रीमान् लाई पनि अधिकृत बनाईन् 

यी त्यस्ती शाखा अधिकृत जसले विदेश जाने योजनामा रहेका श्रीमान् लाई पनि अधिकृत बनाईन् 


  • 11.3K
    Shares

    यी त्यस्ती शाखा अधिकृत जसले विदेश जाने योजनामा रहेका श्रीमान् लाई पनि अधिकृत बनाईन् 
    images

    कल्पना रेग्मी, शाखा अधिकृत

    मैले लोकसेवामा नाम निकालेपछि विदेश जाने योजना रद्द गरेर श्रीमानले पनि नाम निकाल्नुभयो

    मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो । त्यस्ता व्यक्तिहरूलाई निजामती सेवामा जाने प्रवेश बिन्दु लोकसेवा आयोगले लिने परीक्षा हो । प्रयास गरेपछि अवश्य पनि सफल भइन्छ भन्ने मेरो मान्यता छ । निजामतीमार्फत देशको सेवा गर्न सकिन्छ भन्ने उत्साह बोकेर म लोकसेवाको तयारीमा लागेकी थिएँ । अन्ततः सफल पनि भएँ । निरन्तरको मिहिनेत र आत्मविश्वास बोकेर अघि बढेको खण्डमा लोकसेवाको परीक्षामा सफलता हात लाग्छ ।

    लोकसेवाप्रतिको आकर्षण

    पाल्पाको रामपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेँ । पाल्पाकै त्रिभुवन बहुमुखी क्याम्पस तानसेनबाट आइएस्सीको अध्ययन पूरा गरेँ । यसपछि केही समय आफैँले अध्ययन गरेको दरैठाँटी माविमा अध्यापन गरेँ ।

    त्यतिखेर कसैले लोकसेवामा नाम निकाल्दा सबैतिर चर्चा हुन्थ्यो । यसबाट मलाई पनि लोकसेवाको परीक्षा दिने चाहना पलायो । तर, चाहना भएर मात्र के गर्नु, पढ्ने वातावरण पनि हुनुपर्‍यो । केही समयको अध्यापनपश्चात् थप अध्ययनका लागि काठमाडौं आएँ । र, त्रिचन्द्र क्याम्पसमा भर्ना भएर बिएस्सीको अध्ययन सुरु गरेँ ।

    नाम निकालेपछि श्रीमान्ले विदेशमोह त्याग्नुभयो

    अध्ययनकै क्रममा विवाह भयो । श्रीमान्ले विभिन्न क्याम्पसमा अध्यापन गर्नुहुन्थ्यो । उहाँमा लोकसेवाप्रति आकर्षण नभएका कारण लोकसेवा तयारीका लागि वातावरण बन्न सकेको थिएन । श्रीमान्को सरकारी जागिरप्रतिको रुचि कम, अध्ययन गर्न विदेश जाने मोह र मेरो लोकसेवाप्रतिको रुचि एकापसमा मेल खाएन । यसले मलाई अध्ययन व्यवस्थापनमा असहज भयो । एमएस्सी अध्ययनको तयारी गर्दागर्दै मैले लोकसेवामा उत्तीर्ण भएका साथीहरूको सल्लाहमा अध्ययन थालेँ । पहिलो प्रयासमा नै ०७० मा खरिदार पदमा सिफारिस हुन सफल भएँ । लोकसेवामा मैले नाम निकालेपछि अध्ययनका लागि विदेश जान भनी ‘जिआरई’ परीक्षा दिएर बस्नुभएका श्रीमान्ले आफ्नो योजना त्याग्नुभयो ।  यसपछि उहाँले पनि लोकसेवाको परीक्षा दिनुभयो । र, अधिकृतमा नाम निकाल्न सफल हुनुभयो ।

    एमएस्सी अध्ययनको तयारी गर्दागर्दै मैले लोकसेवामा उत्तीर्ण भएका साथीहरूको सल्लाहमा अध्ययन थालेँ । पहिलो प्रयासमा नै ०७० मा खरिदार पदमा सिफारिस हुन सफल भएँ । लोकसेवामा मैले नाम निकालेपछि अध्ययनका लागि विदेश जान भनी ‘जिआरई’ परीक्षा दिएर बस्नुभएका श्रीमान्ले आफ्नो योजना त्याग्नुभयो ।  यसपछि उहाँले पनि लोकसेवाको परीक्षा दिनुभयो । र, अधिकृतमा नाम निकाल्न सफल हुनुभयो ।

    प्रयास गरे सफल भइँदो रहेछ भन्ने आत्मविश्वास मलाई जाग्यो । फलस्वरूप ०७३ मा अधिकृतमा लिखित परीक्षामा नाम निकाल्न सफल भएँ । तर, अन्तिम चरणमा भने सफलता हात परेन । त्यही वर्षको नायब सुब्बामा प्रयास गरेँ । सफल भई राजस्व समूहमा सिफारिस भएँ । असफलता नै सफलताको प्रतीक हो भन्ने कथनलाई आत्मसात् गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिएँ र ०७४ मा खुलातर्फबाट शाखा अधिकृतमा सिफारिस हुन सफल भएँ । कसरी प्रभावकारी अध्ययन गरी सफल हुने रु लोकसेवाको परीक्षा तयारी गर्दा घरमा पढ्ने वातावरण सिर्जना गर्नु अत्यावश्यक हुन्छ । मिहिनेत गरे पक्कै पनि सफल भइन्छ भन्ने आत्मविश्वास हुनुपर्छ । विशेषगरी महिलाका लागि घरपरिवार र आफ्नो अध्ययनको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । लोकसेवाको तयारीमा जुटेकाहरूबीच एकापसमा छलफल गरी अध्ययन गर्ने र समय–समयमा घरमा नै नमुना प्रश्नपत्र तयार गरी परीक्षा दिने गर्नाले प्रतिस्पर्धामा  निखारता ल्याउँछ ।

    लोकसेवा तयारीका लागि तयारी कक्षा नै लिनुपर्छ भन्ने छैन । कसरी अध्ययन गर्ने, अध्ययन सामग्री कसरी संकलन गर्ने र जाँचकीलाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने सोचेर लेखेको खण्डमा प्रयास प्रभावकारी हुन्छ । लोकसेवा आयोगद्वारा लिइने परीक्षामा सफलता प्राप्त गर्न निम्नबमोजिम अध्ययन गर्न सके प्रभावकारी हुन्छस्

    अध्ययन सम्बन्धमा लोकसेवामा सफल भएकासँग अनुभव लिने, यसले आत्मविश्वास बढाउँछ ।
    घोकेरभन्दा पनि पढेको कुरालाई बारम्बार लेख्ने र त्यसलाई आत्मसात् गरेर पढ्ने बानी बसाल्नुपर्छ ।
    पत्रपत्रिकामा प्रकाशित लेख–रचना नियमित रूपमा हेर्ने र त्यसमा तथ्यांक, विचार र शैलीलाई तुलनात्मक अध्ययन गर्ने ।

    पढेको कुरालाई घोक्नेभन्दा पनि व्यावहारिक पक्ष र गतिविधिसँग जोडेर सम्झिने । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्थानलगायत विभिन्न समयमा प्रकाशन हुने प्रतिवेदनलाई अध्ययनको आधार बनाउने । एउटै मात्र किताबलाई आधार नमानी धेरै अध्ययन सामग्री अध्ययन गर्ने र त्यसका आधारमा नोटकपी बनाएर समय–समयमा परिमार्जन हुने तथ्यांकलाई समेट्दै परिमार्जित नोट बनाउने ।

    धेरै समयसम्म नियमित अध्ययन गर्नुभन्दा पनि तालिका बनाएर बिहान, दिउँसो र बेलुका निश्चित समय अध्ययन गर्दा प्रभावकारी हुन्छ ।

    अध्ययन गरेको विषयवस्तुलाई राति सुत्ने वेलामा सम्झने, यसले अध्ययनलाई दिगो बनाउन मद्दत मिल्छ ।
    परीक्षामा लेख्दा चित्र र तथ्यांकलाई अधिकतम प्रयोग गर्ने । समय व्यवस्थापनमा ध्यान दिने । आफैँ परीक्षा लिने तथा तयारी कक्षा सञ्चालन गर्ने संस्थामा लिने परीक्षामा सहभागी हुने ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १४:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij