Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकको भूकम्प पीडितका लागि २५ लाख सहायता

सिटिजन्स बैंकको भूकम्प पीडितका लागि २५ लाख सहायता


  • 2.2K
    Shares

    सिटिजन्स बैंकको भूकम्प पीडितका लागि २५ लाख सहायता

    काठमाडौँ । सिटिजन्स बैंकले जाजरकोट तथा रुक पश्चिममा गएको भूकम्पमा पीडित भएका नागरिकको सहायताका लागि आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । 

    शुक्रबार मध्यरातमा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।

    कम्पनीले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वस्थ लाभका लागि कामना गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि कम्पनीले बताएको छ ।

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा पनि उल्लेख गरेको छ ।

    कम्पनीले देशैभरी फैलिएकाआफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र  ९७ वटा शाखा रहित बैंकिङ इकाईबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ । 

    प्रकाशित मिति :कार्तिक १९ २०८० आइतवार - ०८:४६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij