Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

इजरायलमा थप केयरगिभर माग, युद्धको अवस्था सामान्य बनेपछि प्रक्रिया अघि बढ्ने

इजरायलमा थप केयरगिभर माग, युद्धको अवस्था सामान्य बनेपछि प्रक्रिया अघि बढ्ने


  • 2.8K
    Shares

    इजरायलमा थप केयरगिभर माग, युद्धको अवस्था सामान्य बनेपछि प्रक्रिया अघि बढ्ने
    images

    काठमाडौँ । इजरायलले थप नेपाली केयरगिभर माग गरेको छ । नर्सिङ सेन्टरहरूमा काम गर्नको लागि इजरायलले थप १ हजार ३०० केयरगिभर माग गरेको हो । 

    हाल इजरायल र गाजाबीच युद्धको अवस्था छ । जसले गर्दा उक्त प्रक्रिया अगाडि बढ्न सकेको छैन । यदि युद्ध नभएको खण्डमा अहिले आवेदन प्रक्रिया अगाडि बढिसकेको हुने थियो । तर, हाल इजरायल युद्धको अवस्थामा रहेकाले तत्काल प्रक्रिया अगाडि बढाउन नसकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सह–सचिव राजीव पोखरेलले युद्धको अवस्था सामान्य भएसँगै छनौटको प्रक्रिया अगाडि बढाइने बताए ।‘अहिले इजरायल र गाजाबीच युद्ध चर्किरहेकाले यो विषय पेण्डिङमा छ । नत्र केही दिनभित्रमा नै केयरगिभरको लागि सूचना आह्वान गरेर आवेदन प्रक्रिया अघि बढ्ने थियो । अब दुई देशबिचको वातावरण शान्त भएपछि प्रक्रिया अगाडि बढ्छ,’ सह–सचिव पोखरेलले भने ।

    हाल इजरायलमा ४ हजार ५०० भन्दा बढी नेपाली छन् । ती मध्ये १ हजार भन्दा मानिसहरू हालै केयरगिभरको रूपमा गएका थिए । उनीहरूको कामप्रति नर्सिङ होमका सञ्चालकहरू सन्तुष्ट देखिएका छन् । जसले गर्दा उनीहरूले थप नेपाली केयरगिभर माग गरेसँगै इजरायल सरकारले नेपालसमक्ष प्रस्ताव गरेको थियो ।

    युद्धको अवस्था सामान्य बनेपछि दुवै देशका अधिकारीहरूबिच छलफल गरेर अघि बढ्ने उनको भनाई छ । इजरायलले केयरगिभरसँगै एक हजार जना कृषि कामदार समेत माग गरेको थियो । तर, प्रति कामदारले एक हजार अमेरिकी डलर तिर्नुपर्ने भएपछि नेपालले तत्कालका लागि उक्त प्रस्ताव अस्वीकार गरेको थियो । 

    प्रकाशित मिति :कार्तिक १३ २०८० सोमवार - १२:३८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij