२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौँ । विश्वका धनाढ्य मध्येका एक भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । अक्टोबर २७ मा धम्कीपूर्ण इमेल आएको भारतीय प्रहरीले जनाएको छ ।
यसमा २० करोड भारतीय रुपैयाँ माग गरिएको छ । २० करोड भारु नतिरे गोली मार्ने धम्की दिएको इमेलमा प्रहरीले जनाएको छ ।
मुम्बई प्रहरीले गावदेवी थानमा आईपीसीको धारा ३८७ तथा ५०६ अन्तर्गत मुद्धा दर्ता गरिसकेको छ र अनुसन्धान भइरहेको छ।
मुकेश अम्बानीलाई धम्की आएको यो पहिलोपटक भने होइन। अघिल्लो वर्ष मात्रै मुम्बई प्रहरीले मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिनेलाई बिहारबाट पक्राउ गरेका थिए। त्यतिबेला ती व्यक्तिले मुकेश अम्बानीको घर तथा रिलायन्स फाउन्डेसन अस्पतालमा बम आक्रमण गर्ने धम्की दिएका थिए।
यस्तै, सन् २०२१ मा अम्बानीको घर नजिकै विस्फोटक पर्दाले भरिएको एसयूवी भेटिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij