२०८२ भाद्र २७ गते शुक्रवार
गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ।
अल-अहली अल-अरबी बाप्टिस्ट अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । उक्त आक्रमणमा परी ५०० जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मंगलबार राति गरिएको आक्रमणमा बिरामी, स्वास्थ्यकर्मी र अस्पताल वरपर शरण लिइरहेका मानिसले ज्यान गुमाएका प्यालेस्टाइनी अधिकारीहरुले जनाएका छन्।
अहिले गाजाको अवस्था दर्दनाक रहेको छ। पीडितहरु मानवीय सहायतको पर्खाइमा रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij