Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

इन्द्रको बाउ चन्द्रे आए पनि ओलीलाई छोडिन्न प्रचण्ड को हुन् ? भन्दै यसरी कुर्लिए ओलीका मन्त्री 

इन्द्रको बाउ चन्द्रे आए पनि ओलीलाई छोडिन्न प्रचण्ड को हुन् ? भन्दै यसरी कुर्लिए ओलीका मन्त्री 


  • 7.4K
    Shares

    • images
    इन्द्रको बाउ चन्द्रे आए पनि ओलीलाई छोडिन्न प्रचण्ड को हुन् ? भन्दै यसरी कुर्लिए ओलीका मन्त्री 

    काठमाडौं । सुरुमा प्रचण्ड संग निकट रहेका तर प्रधानमन्त्री केपी ओलीलाई साथ दिंदै आएका पुनःस्थापित नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका खानेपानीमन्त्री मणि थापाले आफूहरु राजनीतिक निर्णयबाट केपी ओलीसँग हिडेकाले अदालतको फैसलाले प्रभाव नपार्ने प्रतिक्रिया दिएका छन् ।

    अदालतको फैसलाले कम्युनिस्ट आन्दोलनलाई सही ढंगले अघि बढाउन मौका दिएको समेत थापाले टिप्पणी गरे । उनले अदालतको फैसालको सम्मान गर्ने तर राजनीतिक निर्णयबाट अघि बढ्ने बताए । 

    उनले भने–अदालतको फैसला आफ्नो ठाउँमा छ । राजनीतिक निर्णय मुख्य कुरा हुन्छ । हामी अदालतको कुरा मान्छौं र केपी ओलीलाई साथ दिदै उहाँकै नेतृत्वमा रहेको नेकपा एमाले भयौं चुरो कुरो यहि नै हो  ।

    सांसद रहेकाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कारबाही गर्लान् नि रु भन्ने  प्रश्नमा थापाले कारबाहीको विषय प्राविधिक भएकाले त्यस्ता कुराले प्रभाव नपार्ने बताए ।थापाले भने–सांसदहरुलाई कारबाहीको कुरा त उहाँहरुको आफ्नो  विषय हो । क- कसलाई गर्नुहुन्छ त्यो मतलब भएन । हामी बिचारका आधारमा केपी ओलीसँग लागेका हौं,पदका लागि होइन । अब इन्द्रको बाउ चन्द्रे आए पनि केपी ओलीलाई नछोड्ने उनको तर्क छ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १६:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij